रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–११ अर्मापाखामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्युहुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारीको रहेका प्रहरीले जनाएको छ।
यात्रुलाई गन्तव्यमा छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिए। जीप सडकबाट एक सय मिटर तल खसेको छ।
दुर्घटनामा परी दुई जना घाइते भएका छन्। घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नं १० का २९ वर्षीय तिलक खड्का रहेका प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य छ। उनीहरुलाई उपचारका लागि चौरजहारी लगिएको छ। रासस
6
Shares

प्रतिक्रिया