लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्र हमाल आज मन्त्री नियुक्त हुँदैछन्।
सुरेन्द्र हमाल तीन दिनअघि मात्रै संघीय सरकारमा उद्योगमन्त्री बनेका गजेन्द्र हमालका सहोदर भाइ हुन्। दाइ गजेन्द्र हमालले आजै मन्त्री पदबाट राजीनामा दिने तयारी गरिरहँदा उनका भाइ भने लुम्बिनी प्रदेशको वनमन्त्रीमा नियुक्त हुन लागेका हुन्।
‘आइतबार दिउँसो २ बजे मन्त्रीमा सपथ हुने कार्यक्रम छ,’ सुरेन्द्र हमालले नेपालखबरसँग भने।
सुरेन्द्र कांग्रेसको तर्फबाट बाँके २ ‘ख’ बाट निर्वचित सांसद हुन्।
30
Shares

प्रतिक्रिया