ad ad

समाज


प्रहरी कुकुरमा उत्कृष्ट बन्यो ‘जोली’

प्रहरी कुकुरमा उत्कृष्ट बन्यो ‘जोली’

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार १२:१,

नेपाल प्रहरीको तालिमप्राप्त कुकुरमध्ये यस वर्ष जोली नामको कुकुर उत्कृष्ट बनेको छ। अपराध अनुसन्धान र कलाकौशलका आधारमा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभाग, केनाइन महाशाखा महाराजगञ्जले जोलीलाई उत्कृष्ट ठहर गरेको हो।

यस्तै दौड र हाईजम्प प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रिया’, यस वर्षको उत्कृष्ट कुकुर ‘जोली’ र उत्कृष्ट डग ह्‍याण्डलर प्रहरी हवल्दार युवराज पोख्रेललाई पुरस्कार तथा मेडल समेत दिइएको छ। महाशाखा प्रमुख वरिष्ठ उपरीक्षक देउती गुरुङले उत्कृष्ट कुकुर र ह्याण्डलरलाई मेडल दिएकी हुन्।

police dog nep 2

यमपञ्चकको दोस्रो दिन केनाइन महाशाखामा तालिम प्राप्त कुकुरको पुजा र कला कौशल प्रर्दशन हुने गर्दछ। महाशाखामा रहेका कुकुरहरुले केनाइन आकृति बनाउने, गोलाकार ओबिडियन्स, बाधापार, ट्रयाकर डगको काम, रेस्क्यू डगको काम, रनिङ्ग कम्पिटिसन, हाईजम्प कम्पिटिसन, एल आकार बनाउने र दियोको आकृति बनाउने लगायतको प्रदर्शनी गरेका थिए।

police dog nep 3

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यसाथ विगत लामो समयदेखि अपराध अनुसन्धान लगायतका कार्यमा तालिमप्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ।

police dog nep 4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .