ad ad

समाज


भरुवा बन्दुक र मरेका कालिजसहित पक्राउ

भरुवा बन्दुक र मरेका कालिजसहित पक्राउ

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार १२:९,

शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बजिनी जंगलबाट भरुवा बन्दुक १ थानसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा शंखरापुर नगरपालिका–१ नाङ्लेभारे बस्ने ३३ वर्षीय जीवन बहादुर तामाङ र २४ वर्षीय कृष्ण बहादुर तामाङ रहेका छन्।

महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक, मरेको कालिज ३ वटा, खुकुरी १ थान, टर्चलाईट ५ थान र बारुद तथा कच्चापदार्थ अन्दाजी २ सय ग्रामसहित फेला पारी पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .