समाज


एम्स कलेजका उप प्राध्यापक तिवारी सम्मानित

एम्स कलेजका उप प्राध्यापक तिवारी सम्मानित

नेपालखबर
असोज २०, २०७८ बुधबार १९:२८, काठमाडौँ

ललितपुरको लगनखेलस्थित एम्स इन्टरनेसनल कलेजका उप प्राध्यापक बद्रीप्रसाद तिवारी सम्मानित भएका छन्। 

लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न उप प्राध्यापक तिवारीलाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।

कलेजले बुधबार आयोजना गरेको ‘नजिकै आइरहेको विजया दशमी २०७८ को शुभकामना आदानप्रदान एवं सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’ का क्रममा उनलाई सम्मान गरिएको हो। 

कार्यक्रममा तिवारीको योगदानको कदर स्वरुप प्रिन्सिपल टुकराम ढकाल सहित संयोजक सुनिल महर्जन र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले संयुक्त रुपमा सम्मानका साथै विदाई पनि गरे। 

अवकाश प्राप्त उप प्राध्यापक तिवारीले आफूलाई कलेजका साथै महानगरपालिकाका पिताले १५ वर्ष भन्दा बढी ‘मानव संशाधन व्यवस्थापन’ अनि ‘सङ्गठनात्मक व्यवहार’ का साथै  ‘व्यवस्थापनका सिद्धान्त’ विषयमा काम गरेवापत सम्मान गर्दा ज्यादै गोरवान्वित महसुस भइरहेको बताए। 

सो कलेजमा बीएस डब्लु, बीसीए, बीबीएस आदि अध्ययन तथा अध्यापन हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad