२०१९ मा आफ्नो हेरचाह गर्ने व्यक्तिले खिच्दै गरेको सेल्फीमा अनपेक्षित रुपमा देखिएर भाइरल भएको पोथी माउन्टेन गुरिल्लाको मृत्यु भएको छ।
१४ वर्षे गुरिल्लाको नाम दकासी थियो।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोको भिरुंगा नेसनल पार्कले मंगलबार जनाएअनुसार लामो समयको बिमारीपछि सेप्टेम्बर २६ का दिन गुरिल्लाको मृत्यु भएको हो।
‘दकासीले आफ्नो अन्तिम सास उसको हेरचाहकर्ता तथा जीवनभरका साथी आन्द्रे बाउमाको हातमा फेर्यो,’ नेसनल पार्कले भनेको छ।
२००७ मा आफ्नो मृत आमाको शरीरमा टाँसिरहेको दकासीलाई रेन्जरहरुले उद्दार गरेका थिए। त्यसयता बाउमाले उसको हेरचाह गर्दै आएका थिए। सीएनएन
288
Shares

प्रतिक्रिया