समाज


क्यासिनो किङ बलेसहित २५ जुवाडे पक्राउ, पौने तीन करोड बरामद

क्यासिनो किङ बलेसहित २५ जुवाडे पक्राउ, पौने तीन करोड बरामद

नेपालखबर
कात्तिक १०, २०७६ आइतबार २:५०,

काठमाडौँको महाराजगञ्जबाट प्रहरीले क्यासिनो किङका रुपमा चिनिएका बले भनिने बलराम सापकोटासहित हाई प्रोफाइलका २५ जना जुवाडेलाई पक्राउ गरेको छ।

गएराति महाराजगञ्जको साम्बाला होटेल पछाडि सञ्चालित जुवाको खालमा छापामारी २५ जुवाडेलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

जुवाको खालबाट प्रहरीले दुई करोड ६७ लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ।

काठमाडौँ महानगरपालिका–३ पीपलमार्गस्थित विक्रम गौतमको घरमा जुवा खेलिरहेको अवस्थामा महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले
शनिबार राति उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका जुवाडेहरुमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजबंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ, हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन्।

विशेष सूचनाको आधारमा जुवाको खालमा छापा मारिएको हो,’ नेपालखबरसँग सुवेदीले भने, ‘जुवाडे हाइ प्रोफाइलका छन्।’

पक्राउ पर्नेमा एकजना पूर्वराज्यमन्त्रीसमेत भएका स्रोतले जनाएको छ। तर, प्रहरीले भने उनको नाम सार्वजनिक गरेको छैन।

सापकोटाको नेपाल, भारत र श्रीलंकामा समेत क्यासिनो छ।

उनीहरुलाई प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad