ad ad

समाज


स्रोत नखुलेको ११ लाख भारुसहित इलामबाट एकजना पक्राउ

स्रोत नखुलेको ११ लाख भारुसहित इलामबाट एकजना पक्राउ

नेपालखबर
असोज २०, २०७८ बुधबार ८:१३, काठमाडौँ

११ लाख रुपैयाँ भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ। सूर्योदय नगरपालिका फिक्कलका ३५ वर्षीय अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ) सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको छ।

विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५ सय २ सय र १ सयका नोट गरी जम्मा ११ लाख भारुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। अग्रवालमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ। उनीसँग रहेको ११ लाख भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित उनी पक्राउ परेका हुन्। अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीले गरेको छ। सटही काउन्टरसमेत सञ्चालन नगरी अग्रवालले भारतीय नोट सटहीको काम गर्दै आएका थिए।

स्रोत नखुलेको पैसासहित पक्राउ गरिएपछि थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए। भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ। 

स्थानीयवासीले दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो। तर, स्रोत नखुलेले १० लाखभन्दा माथिको रकम भएकाले अग्रवाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .