ad ad

समाज


भालुको आक्रमणबाट वृद्धकाे मृत्यु

भालुको आक्रमणबाट वृद्धकाे मृत्यु

नेपालखबर
असोज १८, २०७८ सोमबार १७:१०, काठमाडौँ

भालुको आक्रमणबाट जुम्ला गुठिचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ।

सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठिचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो। 

भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो। भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले बताए। 

ज्येष्ठ नागरिक लामा गुठिचौरबाट दिउँसो करिब ४ः३० बजे सदरमुकाम आउँदै गरेको अवस्थामा बाटोमा भालुले आक्रमण गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .