स्याङ्जामा रोकिराखेको ट्रयाक्टर आफैँ अचानक गुडेर ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
आँधीखोला गाउँपालिका–५ बरबोटमा ओरालोमा रोकिराखेको ग१त ३१६८ नम्बरको ट्रयाक्टर आफैँ गुड्दा सोही ठाउँकी ४५ वर्षीया माया विकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते विकको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
बिहीबार साँझ साढे ५ बजेको समयमा ओरालोमा रोकिराखेको ट्रयाक्टर आफैँ गुडेर विकलाई ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ। ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। रासस
18
Shares

प्रतिक्रिया