कोलोन ट्युमर अपरेसनका लागि अस्पताल भर्ना भएका ब्राजिलका लिजेन्ड पेले डिस्चार्ज भएका छन्।
यही सेप्टेम्बर ४ देखि साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत ८० वर्षीय पेले ट्युमरको अपरेसनपछि घर गएका हुन्।
तीनपटक विश्वकप जित्ने एक्ला खेलाडी पेलेलाई अपरेसन गरेको १० दिनपछि आईसीयूबाट निकालिएको थियो। तर तत्कालै ‘सुरक्षात्मक उपाय’ भन्दै पुनः भर्ना गरिएको थियो।
‘घर फर्किन पाउँदा म निकै खुसी छु’, पेलेले फेसबुकमा वक्तव्य जारी गर्दै भनेका छन्, ‘अस्पतालको बसाइ सहज बनाउने अल्बर्ट आइन्सटाइन अस्पतालका सम्पूर्ण टोलीलाई धन्यवाद दिन चाहन्छु। यति धेरै मायाका सन्देशले मेरो जीवनलाई पूर्ण बनाउने तपाईंहरू सबैलाई पनि धन्यवाद दिन चाहन्छु।’
123
Shares

प्रतिक्रिया