ad ad

समाज


संविधान दिवस : गोरखाका ७ युवाको हत्यामा संलग्न ५ जनाको कैद मिनाहा

संविधान दिवस : गोरखाका ७ युवाको हत्यामा संलग्न ५ जनाको कैद मिनाहा

नेपालखबर
असोज ४, २०७८ सोमबार १०:४०, काठमाडौँ

दुई वर्षअघि मनाङमा यार्सागुम्बा संकलनका क्रममा सात युवाको हत्या गरिएको घटनाका अभियुक्तको कैद मिनाहा भएको छ। गोरखाबाट यार्सा संकलनका लागि मनाङ पुगेका ७ जना युवाको २६ असार २०६६ मा मनाङमा हत्या भएको थियो।

हत्या अभियोगमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीको सरकारले कैद मिनाहा गरेको हो।

संविधान दिवसको अवसरमा कर्तव्य ज्यान मुद्दामा सामूहिक हत्यामा संलग्न भई जिल्ला कारागार मनाङमा कैद सजाय भुक्तान गरिरहेका पाँच कैदीबन्दीको कैद मिनाहा भएको कारागार प्रशासनले जनाएको छ।

कर्तव्य ज्यान मुद्दाका पाँच जनाको कैद मिनाहा भएको जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेले जानकारी दिए। तोकिएकोभन्दा आधा सजाय भुक्तान गरिसकेका कैदीबन्दीको कैद मिनाहाका लागि सिफारिस गरिएबमोजिम कैद मिनाहा गरिएको उनले बताए।

कर्तव्य ज्यान मुद्दामा नार्पाभूमि गाउँपालिका ९ साविक नार गाविसका सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामालाई सात वर्ष नौ महिना २४ दिन कैद भुक्तानका लागि सजाय तोकिएको थियो।

मनाङमा जिल्लाभित्रका व्यक्तिले मात्रै यार्सा सङ्कलन गर्ने गरेका थिए।

सामूहिक हत्याको घटनापछि अन्य जिल्लाका व्यक्तिलाई यार्सागुम्बा सङ्कलन गर्न पाउने व्यवस्था गरिएको छ। कारागारमा कैद भुक्तानका क्रममा उनीहरुको क्रियाकलाप सौहार्दपूर्ण भएकाले उनीहरुलाई कैदमुक्त गरिएको कारागार प्रशासनले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .