ad ad

समाज


राति पतिसँग झगडा, बिहान आमा-छोराको शव पोखरीमा फेला

राति पतिसँग झगडा, बिहान आमा-छोराको शव पोखरीमा फेला

शैलेन्द्र महतो
असोज ४, २०७८ सोमबार ९:५८, काठमाडौँ

धनुषामा आमा छोराको शव पोखरीमा फेला परेको छ।

धनुषाको धनुषाधाम नगरपालिका २ धर्मपुर टोलका अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका ४ वर्षीय छोरा कुशकुमार सिंहको शव घर नजिकैको पोखरीमा फेला परेको हो।

सोमबार बिहान स्थानीयले पोखरीमा आमा छोराको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले इलाका प्रहरी कार्यालय धनुषाधामको टोलि घटनास्थल पुगेर शव निकाल्ने काम गरिरहेको प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए।

स्थानीयका अनुसार राति श्रीमान–श्रीमतीबीच झगडा भएको थियो। सोही आवेगमा अर्चनाले छोरालाई लिएर पोखरीमा हाम फालेर आत्महत्या गरेको अनुमान स्थानीयले गरेका छन्।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .