ad ad

समाज


राष्ट्रिय जनगणना सुरु

राष्ट्रिय जनगणना सुरु

नेपालखबर
भदौ ३०, २०७८ बुधबार ९:५८, काठमाडौँ

कोरोना महामारीका कारण तोकिएको मितिमा हुन नसकेको १२औं राष्ट्रिय जनगणना आजदेखि हुँदै छ। पहिलो चरणअन्तर्गत आज घर तथा परिवारको सूचीकरण थाल्न लागिएको हो। 

केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि सुपरिवेक्षकहरू घरघर पुगेर घर तथा परिवारकाे विवरण संकलन गर्नेछन्। यो क्रम असोज १८ गतेसम्म जारी रहनेछ। ​

सूचीकरणअन्तर्गत परिवारमा रहेका महिला, पुरुष र यौनिक तथा लैंगिक अल्पसंख्यक सदस्यको विवरण लिइनेछ। 

यसका लागि तालिम प्राप्त ८ हजार ५ सय सुपरिवेक्षकलाई सूचीकरणमा खटाइएको तथ्यांक विभागले जनाएको छ। 

विभागका अनुसार असोज १८ गतेपछि गणक भर्ना गरी उनीहरूलाई कात्तिक १३ देखि १६ गतेसम्म तालिम दिइनेछ। त्यसपछि मूल जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म गरिनेछ। 

यसअघि गत वैशाख २६ गतेदेखि नै घरपरिवार सूचीकरण गर्ने, जेठ २५ गतेबाट मूल गणना थाल्ने कार्यतालिका थियो। तर कोरोना महामारीका कारण जनगणना पछि धकेलिएको हो।

नेपालमा पहिलोपटक १९६८ सालमा राष्ट्रिय जनगणना भएको थियो। त्यसयता हरेक १०–१० मा जनगणना गर्ने गरिएको हो।

तर राजनीतिक घटनाक्रमका कारण पाँचौ राष्ट्रिय जनगणना निर्धारित मितिभन्दा पछि गरिएको थियो। जसलाई ‘जनगणना २००९–११’ भनिन्छ। राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालको जनसंख्या २ करोड ६५ लाख छ। 

तर अहिले बढेर देशको जनसंख्या ३ करोड ४६ हजार पुगेको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .