ad ad

समाज


संखुवासभा घटना : दुवै छोरा विदेशमा, घरमा ९० वर्षीय वृद्ध मात्रै जोगिए

संखुवासभा घटना : दुवै छोरा विदेशमा, घरमा ९० वर्षीय वृद्ध मात्रै जोगिए

उजिर कार्की
भदौ २१, २०७८ सोमबार १६:१, काठमाडौँ

संखुवासभामा हत्या भएका कार्की परिवारका दुवै छोरा विदेशमा छन्। आइतबार राति हत्या भएका तेजबहादुर कार्कीका दुवै छोरा वैदेशिक रोजगारीका लागि विदेशमा छन्। जेठो रमेश कार्की मलेसियामा र कान्छो नरेश दुवईमा छन्। 

रमेशका श्रीमती र छोराछोरीको पनि हत्या भएको छ भने कान्छाका श्रीमती र एक छोरा जोगिएका छन्। नरेशका परिवार नै झापामा भएका कारण जोगिएको स्थानीय रुपेश कटुवालले जानकारी दिए। 

घरमा भएका मध्ये भने ९० वर्षीय बृद्ध बौद्धमान कार्की मात्रै जोगिएका हुन्। बौद्धमानकी श्रीमती ८४ वर्षीया पार्वती कार्कीको पनि हत्या भएको छ। उनको शव घरभित्रै फेला परेको हो। 

५२ वर्षीय तेजबहादुरको शव घर नजिकै सडकमा भेटिएको छ। तेजबहादुरकी श्रीमती ५२ वर्षीया कमला कार्की र ३२ वर्षीया बुहारी रञ्जना (रमेशकी श्रीमती) को शव घर नजिकै रहेको खोल्सामा फेला परेको छ। रमेश र रन्जनाका ११ वर्षीय छोरा दिपेन र ७ वर्षीया छोरी गोमाको शव घर माथि मकै बारीमा फेला परेको छ।

अहिले प्रहरीले घटनास्थल सुरक्षित गरेको छ। अनुसन्धानका लागि प्रहरीसहितको टोली धरानबाट जाँदै गरेकाले प्रहरीले चार ठाउँमा नै घेरेर राखेको रुपेशले नेपालखबरलाई जानकारी दिए। 

घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट पनि टोली पुगिसकेको छ। स्थानीय जनप्रतिनिधि र गाउँलेहरु अहिले घटनास्थलमा जम्मा भएका छन्। फरेन्सिक जाँच र डग स्नाफिङ गरेपछि मात्रै शव पोष्टमार्टमका लागि लगिनेछ। 

राति परिवारका सबै सदस्यको हत्या भए पनि ९० वर्षीय वृद्धले भने केही थाहा नपाएको बताएका छन्। बौद्धमान राम्रोसँग कान सुन्न र आँखा राम्रोसँग देख्दैनन्।

घटना बारे पनि छिमेकीले इलाका प्रहरी कार्यालय चैनपुरमा बिहान ९ः ४० बजे खबर गरेका थिए। 

लाशको प्रकृति हेर्दा लखेटि लखेटि हत्या गरेको प्रहरीको अनुमान छ।

संखुवासभा घटना : परिवारै सखाप हुँदा पनि ९० वर्षीय वृद्धले थाहा पाएनन्

संखुवासभामा ६ जनाको वीभत्स हत्या : तस्विरमा घटनास्थल

संखुवासभा बीभत्स हत्या : फरेन्सिक विज्ञ र कुकुरसहितको टोली घटनास्थलतर्फ

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .