ad ad

समाज


सरकारको स्पष्टीकरण : कसैको पुत्ला जलाउन पाइँदैन, त्यसैले सम्झाउन खोजेका हौँ

सरकारको स्पष्टीकरण : कसैको पुत्ला जलाउन पाइँदैन, त्यसैले सम्झाउन खोजेका हौँ

नेपालखबर
भदौ २०, २०७८ आइतबार १५:४९, काठमाडौँ

सरकारले पुत्ला जलाउने काम कानुन विपरीत भएको जनाएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा जुलुस र प्रदर्शन भएपछि सार्वजनिक विज्ञप्ति जारी गरेर सचेत गराउनु परेको गृह मन्त्रालयले जनाएको छ ।

दार्चुलाका युवा जयसिंह धामी मृत्यु प्रकरण तथा नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले हेलिकोप्टर उडाएको घटनालाई लिएर प्रदर्शन बढ्न थालेपछि सरकारले कानुनविपरीत भन्दै विज्ञप्ति जारी गरेर रोक लगाउन खोजेको हो। 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मित्रराष्ट्रका सरकार प्रमुखविरुद्ध देशभित्र दिनदिनै पुत्लादहन हुन थालेपछि बाध्य भएर कानुन सम्झाउनुपरेको स्पष्टीकरण दिएका छन्। 

‘कानुनले नै पुत्ला दहनलाई प्रतिबन्ध लगाएको छ, त्यसमाथि मित्रराष्ट्रको सरकार प्रमुखविरुद्ध निरन्तर प्रदर्शनले कूटनीतिक सम्बन्धमा असर पर्ने भएकाले विज्ञप्ति जारी गरिएको हो,’ पोखरेलले भने, ‘पुत्ला दहन नगर्न सबैलाई मन्त्रालय अनुरोध गर्दछ।’ 

तर, पोखरेलले कुन कानुन र ऐनका आधारमा प्रतिबन्ध लगाइएको हो ? खुलाउन चाहेनन्। ‘फौजदारी कानुनअन्तर्गत पर्छ होला,’ उनले भने। तर, जुलुस मात्रै गरेकाले विज्ञप्ति जारी नगरिएको उनको भनाइ छ।

मन्त्रालयले प्रदर्शनमा रोक लगाउन निर्देशन दिनुलाई अभिव्यक्ति स्वतन्त्रतामा बन्देज नलगाएको पनि उनको जिकिर छ। 

‘प्रेस विज्ञप्ति जारी गरेर अभिव्यक्ति स्वतन्त्रतामा सरकारले बन्देज लगाएको छैन, अलिकति कानुन सम्झाएको हो,’ पोखरेल भने, ‘अभिव्यक्ति स्वतन्त्रताप्रति सरकार गम्भीर र सचेत पनि छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .