समाज


गोरखाकाे बारपाक-धार्चे सीमा विवाद सुल्झाउन ७ बुँदे सहमति

गोरखाकाे बारपाक-धार्चे सीमा विवाद सुल्झाउन ७ बुँदे सहमति

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ४:४३,

गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको बारपाक र धार्चे गाउँपालिकाको लाप्राकको सीमाबारे लामो समयदेखि जारी विवाद सुल्झाउन ७ बुँदे सहमति गरिएको छ।

जिल्ला समन्यव समितिको समन्वयमा सोमबार सम्पन्न सर्वपक्षीय बैठकमा साविकका दुई गाविस बीचको सीमा विवाद मिलाउन सहमति भएको हो।

दुई दिनदेखि लगातार भएको सर्वपक्षीय बैठकले बारपाक र लाप्राकको सिमानालाई वैज्ञानिक ढंगले सीमांकन गर्ने निर्णय भएको गोरखा जिल्ला समन्यव समितिका प्रमुख अशोककुमार गुरुङले जानकारी दिए।

‘सीमांकनका लागि स्थानीय दुवैतर्फका बस्तीको परामर्शमा संघ र प्रदेश सरकारलाई अनुरोध गर्ने सहमति भएको छ,’ उनले भने।

तत्कालका लागि भने दुवै गाउँपालिकाले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सिमानाका खर्कहरू सोहीअनुसार प्रयोग गर्ने सहमति भएको प्रमुख गुरुङले बताए।

केही दिनअघि लाप्राक पुग्ने सडकखण्ड निर्माणमा भएको अवरोधलाई हटाउने निर्णय पनि सर्वपक्षीय बैठकमा भएको प्रमुख गुरुङले जानकारी दिए।

खानेपानीको सवालमा स्थानीयवासीको आवश्यकतालाई मध्यनजर गर्दै सीमा क्षेत्रमा रहेको मूलको पानी सहमतिमा बाँडफाँड गर्ने निर्णय भएको छ ।

सहमतिअनुसार बारपाकको सामुदायिक वन समितिले नियन्त्रणमा लिएको लाप्राकका स्थानीयवासीका बोका र बाख्रा लाप्राकीलाई नै तत्काल फिर्ता गराउने सहमति भएको प्रमुख गुरुङले जानकारी दिए।

त्यस्तै दुवै पक्षले त्यस क्षेत्रको शान्ति सुरक्षामा खलल पुग्ने गरी कुनै काम नगर्ने, अन्य विवादित विषयमा स्थानीय तहले सम्बन्धित वडाको परामर्श र सहयोगमा आपसी छलफलको आधारमा टुङ्गो लगाउने निर्णयसमेत गरिएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .