समाज


तीन दिन पहाडमा पानी पर्ने, दुई दिन हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना

तीन दिन पहाडमा पानी पर्ने, दुई दिन हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार २:३,

आगामी तीन दिन पहाडमा हल्का वर्षा तथा दुई दिन हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मंगलबार (आज) बिहान महाशाखाले जारी गरेको बुलेटिनअुनसार आज दिउँसो मध्य र पूर्वी पहाडका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति पनि माैसमकाे अवस्था यस्तै रहनेछ।

यसैगरी बुधबार पनि दिउँसो पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने राति मध्य र पूर्वी पहाडी भेगका थोरै तथा पश्चिम पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

साथै सो राति उच्च हिमाली भूभागमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै बिहीबार दिउँसो मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

यस्तै सो राति पनि मध्य र पूर्वी भेगका थोरै तथा पश्चिमी पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै उच्च हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

मौसमविद् गंगा नगरकोटीका अनुसार अरब सागरको पूर्वी मध्य भागमा विकसित न्यून चापीय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसममा बदली भएको हो।

अहिले देशभर आंशिकदेखि सामान्यसम्म मोमस बदली भएको उनले बताइन्।

‘पश्चिमी क्षेत्रमा आंशिक बदली छ भने मध्य र पूर्वी भेगमा सामान्य बदली छ,’ नेपालखबरसँग उनले भनिन्, ‘आज दिउँसो वा अपराह्नतिर मध्य र पूर्वी पहाडका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ।’

काठमाडौंमा उपत्यकामा पनि साँझपख हल्का वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन्।

मौसमविद्का अनुसार मनसुनी वायु (मनसुन) बाहिरिएपछि नेपालमा पश्चिमी वायुको प्रभाव बढेको हाे। अहिले ‘पोस्ट मनसुन’ चलिरहेको उनीहरूको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad