भारतको मध्य प्रदेशको निमच भन्ने स्थानमा एक आदिवासी युवकलाई सामान्य विवादमा निर्घात कुटपिटपछि पिकअप गाडीमा डोरीले बाँधेर सडकमा घिसार्दै हत्या गरिएको छ।
निकै टाढासम्म घिसारेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल भर्ना गरिए पनि उपचारका क्रममा मृत्यु भएको हो।
घटना यही अगस्ट २६ तारिख (भदौ १०) मा भएको बताइएको छ तर यसको भिडिओ अगस्ट २८ मा सार्वजनिक भएको हो।
यस घटनामा संलग्न आरोपमा प्रहरीले ८ जनाविरुद्ध मुद्दा दर्त गरेको छ। तीमध्ये दुई मुख्य अभियुक्तसहित चार जनलाई प्रहरीरले पक्राउ गरेको छ। अन्य अभिुक्तको खोजी भइरहेको छ।
युवकलाई घिसार्न प्रयोग गरिएको गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आदिवासी युवक कन्हैया लाल भिल केही व्यक्तिका साथ आफ्नो गाउँ जाँदै थिए। यस क्रममा उनको बाइक गुर्जर समाजका एक व्यक्तिसँग ठोक्कियो। त्यसपछि स्थानीय बासिन्दा भेला भए र उनलाई कुट्न थाले। यसपछि उनीहरूले कन्हैयालाई पिकअप गाडीको पछाडि डोरीले बाँधे र गाडी गुडाए।
तीमध्ये एक व्यक्तिले घटनाको पूरै भिडिओ खिचेछन्। त्यो भिडिओ सार्वजनिक भएपछि घटनाबारे प्रहरीलाई थाहा भएको हो।
युवकलाई पिटेर गाडीले घिसारिसकेपछि उनीहरूले नै प्रहरीलाई फोन गर्दै एक जना चोर पक्रिएको भन्दै प्रहरीलाई फोन गर्छन्। यसपछि प्रहरी घटनास्थल पुग्छ र कन्हैया लाललाई लिएर जान्छ। घाइते उनलाई अस्पतालमा भर्ना गरिन्छ, जहाँ उनको मृत्यु भयो। बीबीसी हिन्दी
Shares

प्रतिक्रिया