ad ad

समाज


बाढीले सिरहामा दुई दर्जन घर डुबान

बाढीले सिरहामा दुई दर्जन घर डुबान

नेपालखबर
भदौ १३, २०७८ आइतबार ७:३१, काठमाडौँ

अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी घर डुबानमा परेका छन्। 

अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२ बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन्। 

घरमा पानी पसेपछि पीडितहरू नजिकैको छिमेकीको घरमा शरण लिएर बसिरहेका स्थानीयवासी सञ्जय मण्डलले जानकारी दिए।

स्थानीय तहले पोखरीको बाँध बाँध्न रकम छुट्याए पनि राम्रोसँग काम नगर्दा फुटेर गाउँमा पानी पसेको स्थानीयवासीको आरोप  छ। 

यसैगरी मैनावती खोलामा आएको बाढीले गोलबजार नगरपालिका–९ का दुई घर डुवानमा परेको छ भने बलक्वास्थित मुस्लिम समुदायको मृत्यु संस्कार गर्ने स्थान (कबरिस्तान) बगाएकोे छ। बाढीले मदर्सामा समेत क्षति पु¥याएको छ। 

त्यसैगरी धनगढीमाई नगरपालिका–६ मा बाढीको कारण एउटा घर भत्किएको प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले जानकारी दिए। 

वर्षाको पानी बजार पसेकाले मिर्चैयाका दर्जनौँ पसल जलमग्न भएको छ। पूर्वापश्चिम राजमार्गदेखि उत्तरतर्फ पानीको उचित निकास नभएकाले बजारमा पस्ने गरेकोे स्थानीयवासी रामनारायण ठाकुरले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .