लगातार वर्षाका कारण रुपन्देहीमा पुल भासिएको छ। जसले गर्दा पूर्वपश्चिम राजनमार्ग बन्द भएको छ।
रातभर परेको पानीले रुपन्देहीको देवदह–९, घोडाहा खोलाको पुल भासिएको हो। जसका कारण बुटवलबाट पूर्व गइरहेका तथा पश्चिम आइरहेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्।
त्यस्तै पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा रुपन्देही र नवलपरासीका ठाउँठाउँमा बनाइएका डाइभर्सनहरु पनि बगेका छन्। सडकमा पानी जम्मा हुँदा अवरोध भएको छ।
यसैबीच वर्षाका कारण रुपन्देहीका धेरै ठाउँमा डुबान भएको छ। जिल्लाको दक्षिणी मर्चवारक्षेत्र सँगै ओमसतिया, चिलिया, धकदयी, रुद्रपुरलगयातका ठाउँ डुबानमा परेको जिल्ला प्रहरी कार्यालय (रुपन्देही) का प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए। क्षतिबारे विवरण संकलन भइरहेको उनले बताए।
नवलपरासीमा पनि राजमार्ग अवरुद्ध
यस्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिम बर्दघाट नगरपालिका–१० लण्डनब्रिज, सरावल गाउँपालिकाकाका बासा, भुताहा र सुनवल नगरपालिका–१२ बडेरास्थित रहेको ड्राइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ।
बर्दघाट बजारमा पानी जम्मा भएर जलमग्न भएको छ। बर्दघाट नगरपालिकाको चिसापानी, लन्डन ब्रिजलगायतका क्षेत्रमा बढी डुबान भएको र घर तथा पसलहरूमा पानी पसेको बर्दघाटका मेयर धिरज शर्मा बस्यालले जानकारी दिए। नगरपालिकाका अरू धेरै वडामा पनि डुबान भएको उनले बताए।
माधव लामिछानेको फेसबुकबाट–
यो पनि :
नारायणगढ-मुग्लिन सडक पनि अवरुद्ध
२४ घण्टादेखि देशभर निरन्तर वर्षा, आज पनि जारी रहने
Shares

प्रतिक्रिया