समाज


२४ घण्टादेखि देशभर निरन्तर वर्षा, आज पनि जारी रहने

२४ घण्टादेखि देशभर निरन्तर वर्षा, आज पनि जारी रहने

नेपालखबर
भदौ ११, २०७८ शुक्रबार ७:३६, काठमाडौँ

हिजो बिहीबार बिहानदेखि केही स्थानबाहेक देशभर लगातार वर्षा भइरहेको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याालका अनुसार कर्णाली र सुदूपश्चिम प्रदेशबाहेक देशका सबै स्थानमा २४ घण्टादेखि निरन्तर पानी परिरहेको हो।

‘कर्णाली र सुदूरपश्चिमका पनि एक दुई स्थानमा वर्षा भइरहेको छ,’ मौसमविद् अर्यालले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘अरू बाँकी प्रदेशका त अधिकांश स्थानमा वर्षा जारी छ।’

आज पनि जारी रहने सम्भावना रहेको मौसमविद् अर्यालले बताए। 

काठमाडौं उपत्यकामा पनि हिजैदेखि निरन्तर झरी छ। ‘तर यहाँ भारी वर्षाको सम्भावना देखिएको छैन,’ उनले भने। 

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी वर्षा हुने सम्भावना छ। 

यस्तै राति धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी/धेरै भारी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘भोलि (शनिबार) बाट भने वर्षा हुने क्रम केही कम हुँदै जाने सम्भावना छ,’ मौसमविद् अर्यालले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad