काठमाडौंमा प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा बौद्धको नयाँवस्तीबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोट पनि बरामद गरेको छ।
पक्राउ पर्नेको परिचय भने प्रहरीले खुलाएको छैन। यसबारे थप अनुसन्धान भइरहेको काठमाडौं महानगरीय प्रहरी परिसरले जनाएको छ।

प्रतिक्रिया