गत जुलाई २१ मा सेतो टिसर्टधारीहरुले प्रदर्शनकारीहरू र यात्रीहरूमाथि अन्धाधुन्ध आक्रमण गरेको घटनाको तीन महीना पुगेको सम्झनामा प्रदर्शनकारीहरुले धर्ना दिने भएपछि कर्पोरेसनले सुरक्षाको कारण स्टेसन बन्द गर्ने निर्णय गरेको हो।
उक्त आक्रमणमा ४५ घाइते भएका थिए।
साथै रेलवेका कर्मचारीहरुले जोखिमको आंकलन गर्दै आन्दोलनकारीहरुले तोडफोड गरेका साधनहरुको मर्मत सम्बन्धी प्रगतिको समिक्षा गरेपछि सबै रेल सेवाहरू, लाइट रेल सेवाहरू र रेल सेवाहरु द्वारा सन्चालित बस सेवाहरु समेत सोमबार राति १० बजे बाट सम्पूर्ण सेवाहरु बन्द गर्ने बताईएको छ।
एमटीआर कर्पोरेशनले एक बिज्ञप्तीमार्फत् गत आइतबार प्रदर्शनकारीहरुले गरेको तोडफोड, आगजनी तथा रेलको ट्रयाकमा विभिन्न अबरोध सामानहरु फाली यात्रीहरुको सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको भनेर भत्सर्ना गरेको छ।
गत आईतवार आन्दोलनकारीहरुले रेल स्टेसन, पसल तथा सडकहरुमा आगजनी गरेका थिए। जसका कारण चुन वान लाई लगायत १४ रेल स्टेसनहरु बन्द भएका थिए।
आन्दोलनकारीहरुले सरकारविरुद्ध विगत बीस हप्ताबाट निरन्तर प्रदर्शन गर्दै आएका छन्। पछिल्लो समय प्रदर्शन व्यापक र हिंसात्मक बन्दै गएको छ।
Shares
प्रतिक्रिया