समाज


घरभित्र पति-पत्नी र छोरीको शव फेला, सामूहिक आत्महत्याको आशंका

घरभित्र पति-पत्नी र छोरीको शव फेला, सामूहिक आत्महत्याको आशंका

नेपालखबर
भदौ ७, २०७८ सोमबार ११:१, काठमाडौँ

झापाको कनकाइ नगरपालिका १ सृजना टोलमा एकै परिवारका तीनजनाको शव फेला परेको छ। आफ्नै घरभित्र झुण्डिएको अवस्थामा उनीहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

हाल घटनास्थलमै रहेका नेपाल प्रहरीका सइ मानबहादुर जिम्बाका अनुसार स्थानीय ३४ वर्षीय रवीन विश्वकर्मा, उनकी पत्नी २९ वर्षीया मुना र उनीहरुकी आठ महिनाकी छोरीको शव घरभित्रै फेला परेको हो। 

‘उनीहरुको शव झुण्डिएको अवस्थामा फेला परेको छ,’ जिम्बाले भने, ‘छोरीको हत्यापछि पतिपत्नीले आत्महत्या गरेको जस्तो देखिन्छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

स्थानीयले खबर गरेपछि सोमबार बिहान प्रहरीको टोली घटनास्थलमा पुगेको छ। 

युवाहरुलाई रोजगारीको लागि विदेश पठाउने एजेन्टको रुपमा कार्यरत रविनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो। ‘कोरोना संक्रमण भएपछि उनी तनाबमा रहेछन्, धेरैलाई उनले लाखौँ रकम तिर्नुपर्ने पनि देखिन्छ,’ छिमेकीको भनाई उद्धृत गर्दै सइ जिम्बाले नेपालखबरसँग भने, ‘सोही तनाबको कारण पति-पत्नीले सल्लाहमै आत्महत्या गरेको जस्तो देखिन्छ। हामी थप बुझ्दै छौँ।’

रवीन कोरोना संक्रमित भएको कारण उनीहरुको शव व्यवस्थापनको लागि नेपाली सेनालाई खबर गरिएको जिम्बाले बताए।  


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad