समाज


भक्तपुरको गेस्ट हाउसमा ‘बम’ राख्ने व्यक्ति पक्राउ

भक्तपुरको गेस्ट हाउसमा ‘बम’ राख्ने व्यक्ति पक्राउ

अभियुक्त


नेपालखबर
भदौ ६, २०७८ आइतबार १३:१९, काठमाडौँ

भक्तपुरको दिव्येश्वरी गेस्ट हाउसमा भेटिएको होक्स बम ‍(नक्कली बम) रहेको खुलेको छ।

शनिबार साँझ मध्यपुर ठिमी नगरपालिका ४ को दिव्यश्वरी गेस्ट हाउसमा एक व्यक्तिले बम राखेको भन्दै हो हल्ला भएको थियो।

शिवशरण भुजुले सञ्चालन गरेको दिव्येश्वरी गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको थियो।

बम रहेको आशंकामा तत्कालै महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थल पुगेको थियो। पछि नेपाली सेनाको बम डिस्पोजल टोलीसमेत झिकाएर राति १०ः२० बजे शंकास्पद् वस्तुलाई निष्क्रिय पार्न खोज्दा कुकरभित्र ब्याट्री, तार राखी बिजुलीको प्लगमा जोडेको पाइएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी दीपक गिरीले बताए।

साउन ३२ गतेदेखि दिव्येश्वरी गेस्ट हाउसको ११० नम्बर कोठामा बुद्धचित्रको माला बेच्न बसेका काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका २ डाडाँगाउका ३२ वर्षीय नवीन तामाङले उक्त वस्तु राखेको पाइएको प्रहरीले जनाएको छ।  

उनले आफ्नै घरबाट ल्याएको प्रेसर कुकरलाई होक्स बम बनाएर गेस्ट हाउसमा राखेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको डीएसपी गिरीले बताए। शनिबार राति नै उनलाई प्रहरीले पक्राउ गरिसकेको छ। 

दिव्येश्वरी गेस्ट हाउसले तामाङसँग उनले खाएको, बसेको ४० हजार रुपैयाँ पटक–पटक मागेको तर पैसा नभएकाले गेस्टहाउस सञ्चालकलाई तर्साउन उनले होक्स बम बनाएर राखेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad