समाज


इजरायल जान साढे ९ हजार जनाको आवेदन, भदौ तेश्रो साता भाषा परीक्षा

इजरायल जान साढे ९ हजार जनाको आवेदन, भदौ तेश्रो साता भाषा परीक्षा

नेपालखबर
भदौ १, २०७८ मंगलबार २२:२, काठमाडौँ

केयर गिभरमा रोजगारीका लागि इजरायल जान साढे ९ हजार बढीले आवेदन दिएका छन्। वैदेशिक रोजगार विभागले दिएको समय सोमबार राति १२ बजेसम्ममा ९ हजार ६ सय ९९ जनाले आवेदन दिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले जानकारी दिए। 

महानिर्देशक दवाडीका अनुसार आवेदन दिनेमा ५ हजार ४ सय ९९ जना पुरुष र ४ हजार २ सय जना महिला रहेका छन्। इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत मात्रै पुरुष लैजाने भएपनि आवेदन दिने भने पुरुष बढी भएका हुन्। 

प्राप्त आवेदनहरुको प्रमाणिकरण सुरु गरिएको विभागले जनाएको छ। प्रक्रिया पुगेर आएका आवेदकलाई मात्रै परीक्षाको तालिका पठाउने र प्रक्रिया नपुगेकालाई यसकारण प्रक्रिया मिलेन भनेर जानकारी गराइदिने महानिर्देशक दवाडीले नेपालखबरलाई बताए। 

यस्तै विभागले इजरायल जानेका लागि भाषा परीक्षा सञ्चालनका लागि कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग अनुमति माग गरेको छ। विभागले भदौ १५ गतेदेखि २० गतेभित्रमा परीक्षा सञ्चालन गर्नका लागि अनुमति माग गरेको हो। कोरोना संक्रमणको जोखिमका कारण सीसीएमसीले सबै खालका परीक्षा स्थगित गर्न निर्देशन दिएपनि इजरायल जाने श्रमिकको भाषा परीक्षा सञ्चालन गर्न भने अनुमति माग गरेको हो। 

लिखित परीक्षा पास गर्नेलाई अन्तर्वातामा सहभागी गराइनेछ। अन्तवार्तापछि विभागले १ हजार ४ सय जनाको सूची इजरायलाई पठाउने छ। असोज पहिलो सातासम्ममा छनोटमा परेका १हजार ४ सय श्रमिकको सूची इजरायल पठाउने विभागको तयारी छ। असोजभित्रमै श्रमिक पठाउने गरी काम गर्ने दवाडीले बताए। 

सूचीमा रहेका मध्ये एक हजार जनालाई इजरायलले लैजाने सम्झौता भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad