समाज


३ हजार ४५१ संक्रमित थपिए, ३५ को मृत्यु

३ हजार ४५१ संक्रमित थपिए, ३५ को मृत्यु

नेपालखबर
साउन ३२, २०७८ सोमबार १७:२०, काठमाडौँ

गएको २४ घण्टामा नेपालमा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

१५ हजार ६११ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो।

यो अवधिमा २ हजार ४५८ जना डिस्चार्ज भएका छन्। 

आज ३५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३२७ जना पुगेको छ।

 यस्तै, आज काठमाडौंमा ९६१ जनामा संक्रमण पुष्टि भएको छ।

जसमा काठमाडौंमा ६७७, ललितपुर १६७ र भक्तपुरमा ११७ जना संक्रमित फेला परेका छन्।

आज देशभर ३९ हजार ३७१ जना सक्रिय संक्रमित देखिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .