समाज


कोरोनाले देशैभरीका विद्यालय बन्द हुँदा उपल्लो डोल्पामा भने धमाधम पढाइ

कोरोनाले देशैभरीका विद्यालय बन्द हुँदा उपल्लो डोल्पामा भने धमाधम पढाइ

नेपालखबर
साउन ३१, २०७८ आइतबार १०:९, काठमाडौँ

कोरोना संक्रमणको कारण यतिबेला देशैभरीका शैक्षिक संस्था बन्द भए पनि उपल्लो डोल्पाका अधिकांश विद्यालयमा भने धमाधम पढाई भइरहेको छ।

गएको वैशाखदेखि नै उपल्लो डोल्पाका विद्यालय निरन्तर सञ्चालनमा छन्। उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रका अधिकांश विद्यालयमा गएको वैशाखदेखि नै पढाई सुरु भएको हो।

माथिल्लो डोल्पामा फागुनमा नयाँ शैक्षिकसत्र सुरु हुने गर्छ। डोल्पोबुद्धका सबै विद्यालमा वैशाखदेखि निर्धक्कका साथ पढाइ सुरु भएको स्थानीयवासी पेमा गुरुङले जानकारी दिए।

गत वर्षको कोरोना महामारीमा पनि उपल्लो डोल्पामा विद्यालय बन्द भएका थिएनन्। गत वर्ष परीक्षा समयमै भएका थिए । डोल्पोबुद्धमा छवटा विद्यालय छन् । छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिकाका केही विद्यालयमा पनि पठनपाठन भइरहेको छ। 

सामान्यरूपमा कोरोना सङ्क्रमण भए पनि खासै असर नपरेको डोल्पोबुद्ध गाउँपालिकाका प्रवक्ता क्याल्पो थापा भोटेले बताए। डोल्पामा दुई शैत्रिक सत्रमा पढाइ हुने गर्छ। उपल्लो डोल्पा कम जनसम्पर्क हुने क्षेत्रका रूपमा स्थापित छ । छिमेकी मुलुक चीनमा समेत बँन्दाबन्दी भएका कारण खासै समस्या नभएको सर्वसाधारण बताउँछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad