समाज


स्याललाई हानेको गोलीले छोरालाई लागेर ज्यान गयो

स्याललाई हानेको गोलीले छोरालाई लागेर ज्यान गयो

नेपालखबर
साउन ३०, २०७८ शनिबार १३:५२, काठमाडौँ

पाल्पाको रिब्दिकोट गाउँपालिका-६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ ।

५६ वर्षीय बुवा कर्णबहादुर लम्तरीले घरबाट सय मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले स्याल मार्न खोज्दा छोरा धनबहादुरको टाउकोमा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ करिब ६ बजे उक्त घटना भएको जानकारी प्रहरीले दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad