समाज


नक्कली प्रमाण पत्र पेश गरेको आरोपमा सईविरुद्ध मुद्दा

नक्कली प्रमाण पत्र पेश गरेको आरोपमा सईविरुद्ध मुद्दा

नेपालखबर
असार ४, २०७६ बुधबार १६:६,

पूर्व प्रहरी नायव निरीक्षक सरोज क्षेत्री केसी विरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रहरी प्रधान कार्यालय, नक्साल विशेष व्यूरोमा कार्यरत पूर्व सई क्षेत्रीले भारतीय नक्कली प्रमाणपत्र पेश गरी सरकारी नोकरीमा प्रवेश गरी बढुवा समेत भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अनुसन्धानका क्रममा क्षेत्रीले माध्यमिक शिक्षा परिषद, हरिश्चन्द्र इन्टर कलेज, वरहज, देवारिया, उत्तरप्रदेश भारतबाट प्राईभेट आइकम पास गरेको नक्कली एवं झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिई प्रहरी नायव निरीक्षक समेतको ओहदामा बढुवा भएको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

निजलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९(२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad