केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले सुबिसु भयंकर अफर लक्की ड्रको बम्पर विजेता घोषणा गरेको छ ।
सुबिसु भयंकर अफरअन्तर्गत रहेर गरेको लक्की ड्रमा बम्पर प्राइजको रुपमा भद्रपुरकी हेमन्ती शाहले ४० इन्चको स्मार्ट टिभी जितेकी छिन् । कम्पनीले १४औं हप्तासम्म गरेको लक्की ड्रमा आफ्ना सक्रिय ग्राहकहरुमध्ये एक सय ४० जना भाग्यशाली ग्राहकहरुलाई क्लियर टिभी तथा इन्टरनेट सेवामा तीन महिनाको निःशुल्क सब्स्क्रिप्सन प्रदान गरेको छ ।
१५औं तथा अन्तिम हप्तामा बम्पर प्राइजको लागि गरिएको लक्की ड्रअन्तर्गत हेमन्ती शाहले ४० इन्चको स्मार्ट टिभी हात पार्न सफल भएकी हुन् ।
उनी लगायत सम्पूर्ण अन्य विजेताहरुलाई सुविसुले बधाई ज्ञापन गरेको छ ।

प्रतिक्रिया