समाज


ब्राउन सुगरसहित भारतीय पक्राउ

ब्राउन सुगरसहित भारतीय पक्राउ

नेपालखबर
साउन २४, २०७८ आइतबार ७:४७, काठमाडौँ

झापाको भद्रपुरबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

भद्रपुर नगरपालिका ३ स्थित किच्चकबधबाट भारतको पश्चिम बङ्गाल तोतापाडाका २८ वर्षीय श्रवण राय पक्राउ परेका हुन्। उनको साथबाट २१ दशमलव २६० ग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

भारतबाट नेपालतर्फ शङ्कास्पद अवस्थामा आउँदै गरेका रायलाई जिल्ला प्रहरी कार्यालय झापा र सीमा प्रहरी चौकी पृथ्वीनगरको संयुक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट ब्राउनसुगर बरामद भएको थापाले बताए।

यसैबीच भद्रपुर–३ स्थित हातिमाराबाट प्रहरीले सोही वडाका २४ वर्षीय खेमराज कुँवरलाई शनिबार लागूऔषधसहित पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट स्कुफ–३ बोतल र निट्रोसन ट्याबलेट एक पत्ता (१० पिस) बरामद गरेको छ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad