समाज


देशभर पश्चिमी वायुको प्रभाव, पहाडी भेगमा पानी पर्ने सम्भावना

देशभर पश्चिमी वायुको प्रभाव, पहाडी भेगमा पानी पर्ने सम्भावना

नेपालखबर
कात्तिक २, २०७६ शनिबार २:३९,

अहिले (शनिबार बिहान) देशभर मौसम बदली रहेको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ।

महाशाखाका अनुसार यतिबेला देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्यसम्म तथा मध्य र पूर्वी क्षेत्रमा आंशिक माैसम बदली भएको छ।

मौसमविद्का अनुसार आंशिक भनेको आधाभन्दा कम क्षेत्रमा बादल लाग्नु हो भने सामान्य भनेको आधाभन्दा बढी स्थानमा बादल देखिनु हो।

दिउँसो पनि देशभर यही अवस्था रही अपराह्नपछि पहाडी भेगका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाकी मौसमविद् मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्।

‘पश्चिम, मध्य र पूर्व तीनै क्षेत्रका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना देखिएको छ,’ मौसमविद् नगरकोटीले नेपालखबरसँग भनिन्।

मौसमविद्का अनुसार अहिले पश्चिमी वायुको प्रभावले देशभर मौसम बदली भएको हो। पूर्वबाट भित्रिएको मनसुनी वायुलाई विस्थापित गरी देशमा पश्चिमी वायुको प्रभाव सुरु भएको हो।

मौसमविद्का अनुसार मनसुन बिदा भएको चालु मौसमलाई पोस्ट मनसुन भनिन्छ। जाडो याम सुरु हुन करिब दुई महिना लाग्ने मौसमविद्को भनाइ छ।

आइतबार पनि पश्चिमी वायुको प्रभावले देशभर माैसम बदली हुने र पूर्वी र मध्य पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

यसैगरी सोमबार पनि देशको मध्य तथा पूर्वी भू-भागमा आंशिकदेखि सामान्यसम्म बदली रही पश्चिमी भूभागमा आंशिक बदली हुने र पूर्वी पहाडका केही स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको माैसमविद्काे अनुमान छ। 

मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad