हुम्लास्थित कर्णाली नदीमा मंगलबारदेखि जिपसँगै हराइरहेका १० यात्रुको अझै पत्ता लाग्न सकेको छैन।
गोताखोर टोलीसहित नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीको उद्धार टोलीले बुधबार दिनभरी खोजी गर्दा पनि जिप तथा यात्रुको पत्ता लाग्न सकेन।
अत्यधिक चिसो र पानीको बहाब तिब्र भएका कारण आजका लागि उद्दार कार्य स्थगित गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार भोली (बिहीबार) बिहानबाट फेरि खोजी कार्य सुरु हुनेछ।
मंगलबार कर्णाली नदीमा जिप खसेर बेपत्ता हुँदा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक हुम्ला सिमकोट–८ का मणि शाही, खार्पुनाथ–४ का चन्द्र हमाल, नैनसिंह भण्डारी वडा नम्बर ५ की वसन्ती शाही, गोकुल सुनार, नन्ददेवी सिंह, खार्पुनाथ १ पिउसकी कौर दमाई र नाम नखुलेका उनका २ वर्षे छोरा र काठमाडौं थानकोट का वल्डिङ मास्टर राजु श्रेष्ठ हराइरहेका छन्।
प्रतिक्रिया