ad ad

समाज


अमेरिकालाई टक्कर दिने रुसको नयाँ युद्धक विमान चेकमेट, पुटिनले भनेः हवाई शक्ति

अमेरिकालाई टक्कर दिने रुसको नयाँ युद्धक विमान चेकमेट, पुटिनले भनेः हवाई शक्ति

सुखाेइ चेकमेट विमान


नेपालखबर
साउन ६, २०७८ बुधबार १४:५८,

रुसले मंगलबार नयाँ युद्धक विमान सार्वजनिक गरेको छ। सुखोइ फाइटर जेटकै नयाँ संस्करणको रुपमा रुसले चेकमेट नामको विमान सार्वजनिक गरेको रोयटर्सले जनाएको छ।

यो विमान रुसी राष्ट्रपति भ्लादमिर पुटिनकाे उपस्थितिमा सार्वजनिक गरिएकाे हाे। यो पाँचौं पुस्ताको विमानले सन् २०२३ देखि उडान भर्नेछ।

पुटिनले यो विमानलाई रुसको हवाई शक्ति भनेका छन्। साथै हाइपरसोनिक र स्टिल्थको सुविधा भएको यस विमान १५ वर्षभित्र ३ सय वटा बनाउने लक्ष्य लिइएको छ।

हाइपरसोनिक अर्थात् यो विमान ध्वनीको गतिभन्दा तिव्र हुनेछ, यस्तै स्टिल्थ अर्थात् यो विमानलाई राडारमा रेकर्ड गर्न सकिनेछैन।

यो विमानले अमेरिकाको सबैभन्दा आधुनिक पाँचौ पुस्ताको युद्धक विमान एफ–३५ लाई टक्कर दिनेछ अथवा यही विमानलाई पछाडि पार्न रुसले चेकमेट बनाएको बताइन्छ।

रुसको सरकारी एरोस्पेस तथा डिफेन्स कम्पनी रुस्टेकले दुश्मनले यो विमान पत्ता लगाउन नसक्ने दाबी गर्दछ।

Checkmate: Russia's newest, most advanced fighter jet - Asia Times

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .