समाज


दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक

दीपक चौधरीको ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक

नेपालखबर
साउन ४, २०७८ सोमबार १५:०,

पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखिझ्याल’ सार्वजनिक भएको छ। 

पुस्तक ‘नियात्रा’ र ‘विकास एक विवेचना’ गरी दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायमा भ्रमणका रोचक संस्मरण तथा दोस्रोमा ती देशका आर्थिक–सामाजिक अवस्थाको चित्रण गर्दै लेखिएका विश्लेषणात्मक लेखहरू समेटिएका छन्। 

विद्यावारिधि शोध–अध्ययन गरिरहेका लेखक चौधरीका राष्ट्रिय तथा अन्तर्राष्टिय जर्नलहरूमा अनुसन्धानमूलक लेखहरू प्रकाशित छन्। यसअघि उनका ‘नेपालको मधेशी समाज’, ‘तराई–मधेश अफ नेपाल : एन्थ्रोपोलिजकल स्टडिज’ तथा ‘रुपान्तरण’ पुस्तक प्रकाशित भइसकेका छन्।

‘पूर्वी एसियाको आँखिझ्याल’ भने चौधरीले आफ्नो मलेसिया, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्याण्ड र श्रीलंकाको यात्रालाई केन्द्रमा राखेर लेखेको पुस्तक हो। 

३ सय ९९ रुपैयाँ मूल्य रहेको पुस्तक ‘इन्डिगो–इन्क’ले प्रकाशन गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .