ad ad

समाज


मोइज हत्याः हाइटीका फर्स्ट लेडी अमेरिकाबाट बुलेट प्रुफ कपडा लगाएर फर्किइन्

मोइज हत्याः हाइटीका फर्स्ट लेडी अमेरिकाबाट बुलेट प्रुफ कपडा लगाएर फर्किइन्

मार्टिन माेइज


नेपालखबर
साउन ३, २०७८ आइतबार १५:३०,

हाइटीका फर्स्ट लेडी मार्टिन मोइज अमेरिकामा उपचार गराएर स्वदेश फर्किएकी छिन्।

गत जुलाई ७ मा श्रीमान राष्ट्रपति जोभेनल मोइजको गोली हानी हत्या हुँदा भाडाका लडाकुले उनीमाथि पनि गोली चलाएका थिए।

गम्भीर घाइते भएकी उनलाई तत्काल अमेरिकाको फ्लोरिडा लगिएको थियो। आइतबार स्वदेश फर्किएकी फर्स्ट लेडी विमानबाट तल झर्दा बुलेट प्रुफ कपडामा देखिएकी थिइन्।

उनलाई विशेष सुरक्षाबीच स्वदेश फर्काइएको हो। फर्स्ट लेडीलाई लिन अन्तरिम प्रधानमन्त्री क्लाउडे जोसेफ विमानस्थल पुगेका थिए।

Jovenel Moise sworn in as Haiti's president - UPI.com

(माेइज दम्पत्ति)

आगामीहप्ता राष्ट्रपति मोइजको अन्त्येष्टी गरिने भएको छ। त्यसको एकहप्ता अगाडि नै मार्टिन हाइटी फर्किएकी हुन्।

अस्पतालमा होस खुल्दा मार्टिनले बन्दुकधारीले आफ्ना श्रीमानलाई एक शब्द बोल्न नदिई गोली हानेको प्रतिक्रिया दिएकी थिइन्।

हालसम्म राष्ट्रपति हत्या आरोपमा २० जना गिरफ्तार भइसकेका छन्। संदिग्द ३ अपराधी भने प्रहरीसँगको मुठभेडमा मारिएका थिए।

हत्यामा संलग्न हुनेमा धेरैजसो भाडाका पूर्व कोलम्बियाली सेनाहरु थिए। हाइटी प्रहरीले हत्याको मुख्य योजनाकार भन्दै हाइटीकै डाक्टर क्रिस्टियन इम्यानुअल सानोनलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेका छन्। बीबीसी

याे पनि: हाइटीका राष्ट्रपति जाेभेनल मोइजको बुधबार बिहानै गाेली हानी हत्या

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .