समाज


१० लाख नगदै बुझाएर छुटेपछि गच्छदारले भने– ममाथि प्रतिशोध साँध्न मुद्दा चलाइयो

१० लाख नगदै बुझाएर छुटेपछि गच्छदारले भने– ममाथि प्रतिशोध साँध्न मुद्दा चलाइयो

नेपालखबर
असार ३०, २०७८ बुधबार १८:३९,

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा कीर्ते गरिएको प्रकरणमा तानिएका पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार १० लाख धरौटी रकम बुझाएर विशेष अदालतबाट छुटेका छन्। 

आफूविरुद्ध भ्रष्टाचारको मुद्दा लागेसँगै फरार भएका गच्छदार बुधबार करिब डेढ वर्षपछि एकाएक विशेष अदालतमा उपस्थित भएका थिए। 

उनी हाजिर भएसँगै अदालतमा बुधबार नै थुनछेक बहस सकिएको थियो। त्यसलगत्तै विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले १० लाख धरौटीमा छोड्न आदेश दिएको हो। 

आदेशलगत्तै १० लाख नगदै बुझाएर उनी छुटेका हुन्। 

छुटेपछि प्रतिक्रिया दिँदै गच्छदारले आफूमाथि पूर्वाग्रही भएर प्रतिशोध साँध्न मुद्दा चलाइएको बताए। 

उनले भने, ‘ममाथि प्रतिशोध साँध्न मुद्दा चलाइयो।’ आफू झण्डै डेढ वर्षपछि मिडिया सामु बोलेको बताउँदै उनले छिट्टै पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने बताए। 

न्यायालयप्रति विश्वास रहेकोले अदालतमा उपस्थित भएको उनले बताए। 

उनले अदालतको निर्णयलाई सम्मान गर्ने बताए। 

यो पनि–
गच्छदारलाई १० लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .