ad ad

समाज


अमेरिकाबाट आएको खोप भोलिदेखि लगाइने, यस्तो छ प्राथमिकता

अमेरिकाबाट आएको खोप भोलिदेखि लगाइने, यस्तो छ प्राथमिकता

नेपालखबर
असार २८, २०७८ सोमबार १७:१३,

सरकारले कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप लगाउने कार्य भोलिबाटै सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले चीनबाट खरिद गरिएको भेरोसल र जोनसन खोप अभियान भोलिबाट सञ्चालन गर्ने तयारी गरेको हो।

भेरोसेल खोप ५५ वर्षभन्दा माथिका र पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी, प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु, अत्यावश्यक सेवामा संग्लन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुलाई लगाइनेछ।

यस्तै जोनसोन खोप ५० वर्ष देखि ५४ वर्षका नागरिक, पूर्ण र अति आशक्त, हाल नेपालमा बसोबास गर्ने शरणार्थीहरु, अग्रपंत्तिमा खटिनेलाई लगाइने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .