समाज


एनआरएनए चुनावः धाँधली गरेको आरोपपछि उम्मेदवारी दर्ता अनिश्चित

एनआरएनए चुनावः धाँधली गरेको आरोपपछि उम्मेदवारी दर्ता अनिश्चित

नेपालखबर
असोज २९, २०७६ बुधबार ८:२,

गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा भाग लिने मतदाता नामावलीमा धाँधली भएको दावीका साथ मतदाता नामावलीमा छानबिन गर्न निर्वाचन समितिमा उजुरी परेको छ। निर्वाचनका लागि संघको सचिवालयले नै मतदाता नामावलीमा धाँधली गरेको उल्लेख गर्दै गैरआवासीय नेपाली संघ बेलायतका पूर्वअध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीले उजुरी दर्ता गराएका हुन्।

उजुरीमा छानबिन पूरा नहुञ्जेलसम्मका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्न माग गरिएको छ। बुधबार संघको निर्वाचन प्रक्रिया सुरु भएपनि मतदाता नामावलीको विषयमा उजुरी परेपछि निर्वाचन हुने नहुनेमै अन्यौल देखिएको छ। मतदाता नामावलीमा धाँधली भएको दावीका साथ छानबिनका लागि परराष्ट्र मन्त्रालयमा यसअघि नै उजुरी परिसकेको छ। मतदाता नामावलीमा धाँधली भएको दावीसहित उजुरी परेपछि बुधबार बिहान सुरु हुने भनिएको उम्मेदवारी दर्ता अनिश्चित बनेको छ।

‘संघको राष्ट्रिय महाधिवेशन सञ्चालन नियमावली २०१९ को नियम ३.१, संघद्वारा ३० अगस्ट २०१९ मा जारी सूचनाको बुँदा नम्बर १ तथा संघको ४ अक्टोबर २०१९ मा बसेको निर्णय बमोजिम जारी सूचना नम्बर ५ को बुँदा नम्बर ७ बमोजिम विभिन्न मुलुकबाट प्राप्त प्रतिनिधि तथा मतदाता नामावली, उल्लेखित कानूनी व्यवस्था बमोजिम प्रकाशित नगर्ने, हामीलाई उपलब्ध नगराउने, गोप्य रुपमा प्रतिनिधिको नाम फेरबदल गर्ने, अनाधिकृत व्यक्तिहरुको नाम सिफारिस गर्ने लगायत संघको विधानको बर्खिलाप कार्यहरु त्यस सचिवालयबाट निरन्तर रुपमा भैरहेका छन्,’ उजुरीमा भनिएको छ।

ujuri 11

गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ को नियम १६ बमोजिम संघको गैरकानूनी कार्यको अनुगमन गरि त्यस्तो गैरकानूनी कार्य अबिलम्ब रोक्न आवश्यक निर्देशनका लागि नेपाल सरकार परराष्ट्र मन्त्रालयमा मिति २०७६ असोज २७ गते दर्ता नम्वर १५९४ मा निवेदन दर्ता गरिसकेको निवेदनमा उल्लेख गरिएको छ।

परराष्ट्र मन्त्रायलबाट विश्व सम्मेलनमा संघको सचिवालयले गरेको कार्यको अनुगमन गरी आवश्यक निर्देशन नआउञ्जेलसम्म निर्वाचनको सम्पूर्ण प्रक्रिया स्थगित गर्न उनले माग गरेका छन्। विभिन्न देशमा कार्यसमितिले छनौट गरेर पठाएका प्रतिनिधिको सूची अनैतिक हिसावले परिवर्तन गरेको बताउँदै संघका महासचिव बद्री केसीमाथि यसअघि पनि थुप्रै उजुरी परेका छन्।

निष्पक्ष रुपमा हुनुपर्ने प्रक्रियागत कार्यहरुमा सचिवालयको दुरुपयोग गरी महासचिव केसीले एकपक्षीय निर्णय गरेको आरोप एनआरएनएका सदस्यले लगाएका छन्। एनआरएनए अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिस्पर्धा हुँदैछ। केसी पन्तको प्यानलबाट उपाध्यक्षका उम्मेदवार हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad