समाज


सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय मञ्च गठन

सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय मञ्च गठन

नेपालखबर
असोज २९, २०७६ बुधबार ६:२५,

दलित समुदायले भोग्दै आएको जातीय भेदभाव तथा छुवाछूतलाई अन्त्य गर्ने उद्देश्यले दलित अधिकारकर्मी धरम विश्वकर्माको संयोजकत्वमा सामाजिक न्यायका लागि अन्तरराष्ट्रिय मञ्च गठन गरिएको छ।

काठमाडौँमा सम्पन्न ‘जातीय विभेद अन्त्यका लागि प्रवासी नेपालीहरुको भूमिका’ विषयक दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा दलित समुदायको मुद्दालाई अन्तरर्राष्ट्रियकरण गर्ने र सम्बन्धित देशमा जातीय छुवाछूत कानून बनाउन पहल गर्न सो मञ्च गठन गरिएको दलित अधिकारकर्मी सरु सुनारले जानकारी दिए।

मञ्चको सदस्यहरुमा धनबहादुर सार्की (युरोप), गोपाल विश्वकर्मा (अमेरिका), शेरबहादुर सुनार (बेलायत), सरु सुनार (नेपाल), जीवन सुनार (कुवेत), नवराज विक (कतार), बाबुराम विश्वकर्मा (दुबई), प्रेम परियार (नर्वे), बलराम सुनार (अस्ट्रिया), दुर्गा विश्वकर्मा (पोर्चुगल), राजेश सुनार (जर्मनी), गोविन्द विक (हङकङ), नवीन विक (चीन) र डा. विष्णुमाया परियार (अमेरिका) रहेका छन्।

नासो कम्युनिटी युएसए र जातीय विभेदविरुद्ध विश्व मञ्च युएसएलगायतका संघसंस्थाघद्वारा मंगलबार सम्पन्न सम्मेलनले भूमण्डलीकरण र बसाइँसराइसँगै विश्वव्यापी भएको जातीय विभेदविरुद्ध संसारभरि रहेका नेपाली दलित समुदायले संगठित र संयुक्तरुपमा अभियान गर्नुपर्नेलगायत नौ बुँदे घाषणापत्र जारी गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad