एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटीएमबाट पैसा निकालेको अभियोगमा २ जना पक्राउ परेका छन्। उनीहरुलाई काठमाडौं महानगरपालिका ५ भत्केको पुलबाट पक्राउ गरेको परिसरका प्रवक्ता रमेशकुमार बस्नेतले बताए।
पक्राउ पर्नेमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बु घर भएका ५७ वर्षीय जगत बहादुर गुरुङ र पर्सा घर भएका ३० वर्षीया सावित्री गुरुङ रहेका छन्।
सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटीएम मेसिनबाट एक्सपाएर भएको डेविड कार्ड प्रयोग गरी पैसा निकालेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। साथै उनीहरुको साथबाट लोयड्स भिसा डेविट कार्ड लन्डन र २१ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।
उनीहरुले एक्सपाएर भएको उक्त कार्डबाट चावहिल, कालोपुल, हात्तिसार भाटभटेनी ईलाकामा रहेको एटीएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको तथा निकालेको रकममध्ये १० लाख ५० हजार सहकारीमा राखेको अनुसन्धानबाट खुल्न आएको उक्त परिसरले जनाएको छ।
Shares

प्रतिक्रिया