धनुषाको बटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
बटेश्वर गाउँपालिका २ मा बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीय दलबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार राति ११ बजे बटेश्वर बजारबाट घर फर्किने क्रममा आफैँले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरासइकल रमौली टोल नजिक आफैँ अनियन्त्रित भइ दुर्घटना हुँदा आले गम्भीर घाइते भएका थिए।
उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीचोकी बटेश्वरले जनाएको छ।
प्रहरीका अनुसार उनले अत्यधिक मात्रामा मादक पदार्थ सेवन गरेर मोटरासइकल चलाउँदा दुर्घटना भएको हो। आलेको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ।
810
Shares

प्रतिक्रिया