समाज


पत्रकारमाथि लाठी प्रहार गरिएकोप्रति महासंघको आपत्ति

पत्रकारमाथि लाठी प्रहार गरिएकोप्रति महासंघको आपत्ति

नेपालखबर
असार २०, २०७८ आइतबार १५:१०,

नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा प्रहरीले पत्रकारमाथि लाठी प्रहार गरी घाइते बनाएको भन्दै आपत्ति जनाएको छ।

महासंघका अनुसार असार १९ गते विद्यार्थी संगठनद्वारा मिनभवनमा गरिएको प्रदर्शनको समाचार संकलनको क्रममा नेपाल लाइभका फोटो पत्रकार निमेषजङ्ग राईमाथि प्रहरीले लाठी प्रहार गरेको थियो।

विद्यार्थी र प्रहरीबीच भएको धरपकडका कारण लडेका फोटो पत्रकार राईमाथि पत्रकारको पहिचान खुल्दा खुल्दै पनि प्रहरीले लाठी प्रहार गरेको महासंघको आरोप छ।

‘स्वतन्त्ररूपमा पेशागतकर्म निर्वाह गरिरहेका पत्रकारमाथि प्रहरीद्वारा गरिएको यो हर्कत आपत्तिजनक हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’ महासंघका महासचिव रोसन पुरीले विज्ञप्तिमार्फत भनेका छन्, ‘महासंघ घटनामा संलग्न प्रहरीमाथि छानबिन गरी कारबाही गर्न र यस्ता घटना नदोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad