ad ad

प्रविधि


अमेरिकी निजी यान ५० वर्षपछि पहिलोपटक चन्द्रमामा अवतरण (भिडिओ)

अमेरिकी निजी यान ५० वर्षपछि पहिलोपटक चन्द्रमामा अवतरण (भिडिओ)

रासस/एपी
फागुन ११, २०८० शुक्रबार १४:९, केप कानाभेरल (अमेरिका)

एक निजी यानले बिहीबार ५० वर्षभन्दा अधिक वर्षमा चन्द्रमामा पहिलो अमेरिकी ‘टचडाउन’ गरेको छ। यद्यपि उडान नियन्त्रकहरूले राम्रो सम्पर्क प्राप्त गर्न सङ्घर्ष नगरेसम्म कमजोर सङ्केत मात्र प्राप्त गर्न सकेका थिए। 

खराब सञ्चार भए पनि यानको निर्माण तथा व्यवस्थापन गर्ने कम्पनी इन्ट्युटिभ मसिन्सले यानले सिधै अवतरण गरेको पुष्टि गरेको छ। यद्यपि यान चन्द्रमाको दक्षिणी ध्रुव नजिक आफ्नो इच्छित गन्तव्यमा पुगेको थियो वा थिएन भन्नेबारे कम्पनीले थप विवरण दिएको छैन। यानबाट कमजोर सङ्केत प्राप्त हुनेबित्तिकै कम्पनीले आफ्नो लाइभ वेबकास्ट बन्द गरेको थियो। 

मिसन निर्देशक टिम क्रेनले कम्पनीको ह्युस्टन नियन्त्रण केन्द्रमा तनावको स्थितिको बारेमा भने, ‘नि:सन्देह हाम्रा उपकरण चन्द्रमाको सतहमा भएको हामी पुष्टि गर्न सक्छौँ।’

इन्ट्युटिभ मसिन्सका कार्यकारी प्रमुख स्टिभ अल्टेमसले भने, ‘मलाई थाहा थियो- यो ठूलो चिन्ता र तनावको विषय थियो तर हामी सतहमा छौँ र प्रसारण गर्दै छौँ, चन्द्रमामा तपाईंलाई स्वागत छ।’

टचडाउनको दुई घन्टापछि कम्पनीको घोषणाअनुसार अन्ततः डाटा प्रवाह सुरु भएको छ। नासाको प्रसिद्ध अपोलो मुनवाकर्सपछि पहिलोपटक अवतरणले अमेरिकालाई सतहमा फर्काएको छ। 

इन्ट्युटिभ मसिन्स चन्द्रमामा अवतरण गर्ने पहिलो निजी व्यवसाय पनि बनेको छ। यो उपलब्धि केवल पाँच मुलुकले मात्र हासिल गरेका छन्।

अर्को अमेरिकी कम्पनी एस्ट्रोबोटिक टेक्नोलोजीले गत महिना यसलाई सट दिएको थियो तर चन्द्रमामा पुग्न सकेन र यान पृथ्वीमा फर्कँदा दुर्घटनाग्रस्त भयो। दुवै कम्पनी चन्द्र अर्थतन्त्रलाई गति दिन नासा समर्थित कार्यक्रमका हिस्सा हुन्।

एस्ट्रोबोटिक सबैभन्दा पहिला बधाई दिनेमध्येको एक थियो।

‘एउटा अविश्वसनीय उपलब्धि, हामी निकट भविष्यमा चन्द्रमाको सतहमा तपाईंसँग सामेल हुन प्रतीक्षा गर्न सक्तैनौँ’, कम्पनीले सामाजिक सञ्जाल एक्समा भनेको छ। नासाका प्रशासक बिल नेल्सनले ट्विट गरेका छन्, ‘इन्ट्युटिभ मसिन्सले जीवनभरको अवतरणलाई गति दियो।’

यानको नेभिगेसन प्रणाली विफल हुँदा अवतरणअघिको अन्तिम केही घन्टा थप तनावपूर्ण बनेको थियो। कम्पनीको उडान नियन्त्रण टोलीले प्रगोगात्मक नासा लेजर प्रणालीलाई कार्यान्वयनमा ल्याउनुपर्‍यो। यानले अन्तिम मिनेटको स्विचका लागि समयको अनुमति दिन चन्द्रमाको चारैतिर थप एउटा चक्कर लगाउनुपर्‍यो। 

अन्ततः उक्त परिवर्तनसँगै ओडिसियस चन्द्रमा–स्किमिङ कक्षबाट उत्रियो र दक्षिणी ध्रुवनजिकै सबै चट्टान र क्रेटरहरूको बीचको तुलनात्मकरूपमा समतल स्थानलाई लक्ष्य बनाउँदै सतहतर्फ निर्देशित भयो। 

निर्दिष्ट टचडाउनको समय आयो र गयो, कम्पनीको कमान्ड सेन्टरका नियन्त्रकहरू उत्सुकतापूर्वक करिब चार लाख किलोमिटर टाढा अन्तरिक्ष यानबाट सङ्केतको प्रतीक्षा गरिरहेका थिए। करिब १५ मिनेटपछि कम्पनीले यानबाट कमजोर सङ्केत प्राप्त भएको घोषणा गर्‍यो।

गत सात प्रक्षेपण गरिएको ६ फुट (१४ फिट अग्लो) को कार्बन फाइबर र टाइटेनियम यान नासका लागि ६ वटा प्रयोग थिए। केही वर्षमा अन्तरिक्ष याात्रीहरूको योजनाबद्ध फिर्ता हुनुअघि पहिलो चन्द्रमा डेलिभरीको व्यावसायिकरण गर्ने प्रयासको हिस्सास्वरूप अन्तरिक्ष एजेन्सीले कम्पनीलाई यान बनाउन र उडानका लागि ११ करोड ८० लाख डलर दिएको थियो। 

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .