ad ad

प्रविधि


आईपीटीभी फैलाउँदै क्यारो, २५० रुपैयाँमै २०० भन्दा बढी च्यानल

महाप्रबन्धक भट्टराई भन्छन्– इन्टरनेट नजोडिने टिभीमा पनि क्यारोका च्यानल चल्छन्

नेपालखबर
जेठ २२ , काठमाडौँ

क्यारो टिभी आईपीटीभी अर्थात् इन्टरनेट प्रोटोकल टेलिभिजन हो। इन्टरनेटको माध्यमबाट आउने सिग्नल टेलिभिजनमा चल्छन्।

अहिले फाइबर वायरमार्फत सिग्नल पठाइन्छ। जति पनि टिभी च्यानल हेर्न सकिन्छ फाइबर वायरको माध्यमबाट सिग्नल टिभीसम्म पुग्छ। 

२०७८ देखि कम्पनीले देशभर आफ्नो सेवा विस्तार गरिरहेको छ। च्यानलहरुको गुणस्तर कायम राख्न क्यारो टिभीको नेपालमा आफ्नै रिसिभर र सर्भर छ। 

‘क्यारो टिभीले विभिन्न इन्टरनेट सेवा प्रदायकसँग मिलेर ग्राहकलाई आईपीटीभी उपलब्ध गराइरहेको छ। मुख्यतः २ तरिकाबाट सेवा दिइरहेको छ’, क्यारो टिभीका महाप्रबन्धक रोजित भट्टराई भन्छन्, ‘सिधै ग्राहकलाई सेवा दिइरहेको छ भने क्षेत्रीय वा स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गरी दिइरहेको छ।’

उनका अनुसार अहिले पुरानो केबल टिभी सेवा प्रदायकले समेत क्यारो टिभीसँग सहकार्य गरी काम गर्न सक्छन्। 

क्यारो टिभी जोड्न स्मार्ट टेलिभिजन
हाल पुरानो प्रविधिको प्रतिस्थापन आईपीटीभीले गरिरहेको छ। पुराना टिभीहरुमा कपर वायर वा को एक्सएल केबलबाट चल्थे। एउटै घरमा २–३ वटा टिभी चलाउनुपरे २–३ वटै तार बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो।

कहिलेकाहीँ सिग्नल राम्रो बनाउन एम्लिफायर, बुस्टर राख्नुपर्ने हुन्थ्यो। त्यसमा निश्चित च्यानलहरु मात्रै चल्थे। क्यारो आईपीटीभी जोडेपछि टिभीमा च्यानलसँगै युटुब, नेटफ्लिक्स, ओटीटी प्लेटफर्मबाट नेपाली र विदेशी फिल्म हेर्न सकिन्छ।

क्यारो टिभीमा स्मार्ट सेटअप बक्स आउँछ जसले गर्दा थन्किएर बसेका ‘बक्स टिभी’ पनि सञ्चालन हुन सक्छन्। इन्टरनेट कनेक्ट हुन नसक्ने टिभीमा क्यारोका च्यानल सञ्चालन हुन्छन्। कम्प्युटरका डेस्कटपमा समेत सजिलै टिभी हेर्न सकिन्छ। 

देशका ७४ ठाउँमा क्यारो टिभी, अब ग्रामीण क्षेत्रमा विस्तार 
पूर्वमा विराटनगर, बिर्तामोड, इटहरी धरान जस्ता ठाउँमा पुगेको छ। मधेश प्रदेशका वीरगन्ज, ढल्केबर, लहान, कलैया, चपुरलगायतका ठाउँमा उपलब्ध छ। पश्चिममा नेपालगञ्ज, बुटवल, भैरहवा, चितवनमा छ।

काठमाडौं उपत्यका आसपासका सबै ठाउँ र पोखरा आसपासका ठाउँमा क्यारो टिभीको सेवा अहिले नै उपलब्ध छ। अब पहाडी होस् वा तराईका ग्रामीण क्षेत्रमा विस्तार गर्दै छ। नेपालको अझै ६० प्रतिशत बढी ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा पुग्न बाँकी छ। 

कतिपय ठाउँमा केबल टिभी मात्रै सञ्चालनमा छ भने कतिपय ठाउँमा इन्टरनेट मात्र छ। यी सबैको समाधान र प्याकेज क्यारो टिभीले दिन्छ।

नेपालभर इन्टरनेट वा केबल टिभी सेवा प्रदायकले समेत क्यारो टिभीसँग सहकार्य गरी आफ्ना ग्राहकलाई आईपीटीभी उपलब्ध गराउन सक्छन्। 

कुनै समस्या आए ४ घण्टादेखि ८ घण्टाभित्र समस्या समाधान
आईपीटीभी इन्टरनेटबाट चल्ने भएकाले कतिपय समस्या अटोमेसनबाट हुन्छ। टिभीमा च्यानल आउन बन्द भए टिभीमै क्यूआर आउँछ। त्यसलाई स्क्यान गरेरै समस्या दर्ता गर्न सकिन्छ। ग्राहकलाई छिट्टै मोबाइल एप पनि दिँदै छ।

एपबाट आफ्नो समस्या दर्ता गर्न सक्छन्। क्यारो टिभीमा सिधै फोन गरी आफ्नो समस्या टिपाउन सकिन्छ। सबै समस्या क्यारोटिभीको मुख्य कार्यालयमा आउँछन्। कहाँको समस्या कसरी समाधान गर्ने सर्कुलर हुन्छ।

कम्पनीले सामान्यतया ४ घण्टादेखि ८ घण्टाभित्र समस्या समाधान गर्छ। अनलाइनबाटै हुने काम बढीमा २ घटामा समाधान हुन्छ। 

२५० रुपैयाँमै २०० भन्दा बढी च्यानल हेर्न पाइने 
क्यारो टिभीमा २०० भन्दा बढी च्यानल छन्। एचडी च्यानल र एसडी च्यानल आउँछन्। आलाकार्ट सिस्टमबाट २०० वटा च्यानल दिँदा ४०० रुपैयाँ पर्छ। ४४ प्रतिशत छुट दिएर २४० रुपैयाँमै दिएको छ। यदि ग्राहकले इन्टरनेटसहित आईपीटीभी चाहन्छ भने २०० एमबीपीएस, फाइभजी राउटरको उपलब्ध गराउँछ।

एकै पटक २५ महिना ढुक्क प्याकेजअन्तर्गत इन्टरनेट र टिभीसहित ७११ रुपैयाँ प्रतिमहिना तिर्दा हुन्छ। क्यारो आईपीटीभीका प्रयोगकर्ताले टिभी हेर्दाहेर्दै कुनै काम परेर बाहिर जानुपर्‍यो वा एक छिन रोक्नुपरे च्यानल रोकिन्छ।

ग्राहकले चाहेको बेलामा निरन्तरता दिन सक्छन्। कुनै पनि च्यानलमा गएर दिनभर कुन कुन कार्यक्रम आउँछ भनी हेर्न सजिलै हेर्न सकिन्छ।

इनबिल्ड ओटीटी एप्सबाट कम्पनीले निःशुल्क फिल्महरु थप्दै जाने व्यवस्था छ। क्यारो टिभीबारे थप जानकारी लिन वेबसाइटबाट हेर्न सकिन्छ। 

भिडिओ 

जेठ २२, २०८१ मंगलबार ११:३६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .