कारोबार


युनाइटेड सिमेन्टको उपहार योजनाको लक्की ड्र सम्पन्न

युनाइटेड सिमेन्टको उपहार योजनाको लक्की ड्र सम्पन्न

नेपालखबर
असोज १५, २०७६ बुधबार ७:५५,

युनाइटेड सिमेन्टस् प्रालिको ग्राहक योजना ‘युनाइटेड सिमेन्ट्सको उपहार सररर कार’अन्तर्गतको लक्की ड्र कार्यक्रम सम्पन्न भएको छ। कम्पनीले मंगलबार काठमाडौँको त्रिपुरेश्वरस्थित डीईसीसी हलमा हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरी सम्पन्न भएको जनाएको हो।

गत वैशाखदेखि मध्यअसारसम्म लागू गरिएको ग्राहक योजनाअनुसार ५ जोडीलाई (दश जना) दुवई भ्रमण तथा १ जनालाई बम्पर उपहार स्वरुप हुन्डाई सान्ट्रो कार उपहार लक्की ड्रबाट छनोट गरिने उद्योगको योजना अनुसार सो कार्यक्रम गरिएको हो।

यसअनुसार कुपन नं. १५७८७ ले सान्ट्रो कार जितेको छ। त्यस्तै, कुपन नं. २०२४९, २२९४३, २३१८३, २३७१८, ५२११९ दुवई भ्रमणको उपहार विजेता बनेका छन् ।

यो उपहार बिजेताले कुपनको अर्धकट्टी तथा आफ्नो परिचयपत्रसहित २०७६ कात्तिक ३० गतेभित्र युनाइटेड सिमेन्ट्सको कार्यालयमा सम्पर्क गरी उपहार दाबी गरिसक्नुपर्ने उद्योगले जनाएको छ।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रबन्धनिर्देशक विकास दुगडले सबै विजेतालाई हार्दिक बधाई ज्ञापन गर्दै यस्तो किसिमको उत्साहवद्र्धक ग्राहक योजना भविष्यमा पनि युनाइटेड सिमेन्टसले ग्राहकमाझ पस्कने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad