प्रविधि


फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान दिन्छः चीन

फाइभ–जीले डिजिटल अर्थतन्त्रलाई उल्लेख्य योगदान दिन्छः चीन

नेपालखबर
भदौ १४, २०७६ शनिबार १२:४१,

फाइभ–जीका कारण डिजिटल अर्थतन्त्र निकै वृद्धि हुने शनिबार चीनका प्राविधिक विज्ञहरूले बताएका छन्।

उनीहरूले आगामी पाँच बर्षमा डिजिटल प्रविधि क्षेत्रको आम्दानीमा २० खर्ब दश अर्बले अमेरिकी डलर वृद्धि हुने बताएका हुन्।

चिनियाँ सूचना तथा प्रविधि मन्त्रालय अन्तर्गतको एक प्राविधिक केन्द्रका उप निर्देशक वाङ झिकिनले शनिबार साङ्घाईमा भएको वल्र्ड आर्टिफिसियल इन्टेलिजेन्स कन्फरेन्स–२०१९ को शनिबार सम्पन्न सभामा उक्त भनाई राखेका हुन्।

वाङले भने, “फाइभ–जी प्रविधिले चीनको सूचना उद्योगमा थप उल्लेख्य योगदान गर्ने अपेक्षा चिनियाँ प्राविधिकहरूले गरेका छन्। उनीहरूले आगामी पाँच बर्षमा ३० खर्ब ३० अर्ब युआनका दरले प्रतिबर्ष आम्दानीमा वृद्धि हुनेछ।”

“फाइभ–जी कार्यक्रमबाट चीनका उद्योगहरू, यातायातका साधन, विनिर्माण तथा स्वास्थ्य क्षेत्रमा वितरण हुने सेवाबाट ११० खर्ब ९० अर्ब युआन आर्थिक वृद्धिका लागि योगदान गर्नेछ।”

फाइभ–जी प्रविधिले चीनको डिजिटल अर्थतन्त्र विकासका लागि महत्वपूर्ण संरचना विस्तार गर्ने, र फाइभ–जी र कृत्रिम वौद्धिक गतिविधि, ठूला तथ्याङ्कलगायत अन्य प्रविधिहरूलाई डिजिटल अर्थतन्त्रकारूपमा आमुल परिवर्तन ल्याउने उनले बताएका छन्। सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .