ad ad

प्रविधि


फेसबुक र ट्विटरबाट प्रतिबन्धित ट्रम्पले चलाएको ब्लगमा मानिसको रुची छैन

फेसबुक र ट्विटरबाट प्रतिबन्धित ट्रम्पले चलाएको ब्लगमा मानिसको रुची छैन

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ८:३१,

तर राष्ट्रपतिको कार्यकाल समाप्त हुनै लाग्दा यसैवर्षको जनवरीमा विश्व चर्चित सामाजिक सन्जाल फेसबुक, ट्विटर, युट्युबले ट्रम्पमाथि सँधैको लागि प्रतिबन्ध लगाए।

अमेरिकामा हिंसा भड्काउने अभिव्यक्तिहरु दिएको भन्दै उनीमाथि प्रतिबन्ध लागेको थियो। यतिबेला उनको ट्विटर तथा फेसबुक अकाउन्ट बन्द भइसकेका छन्।

उनले जीवनभर यी सामाजिक सन्जालमा अकाउन्ट बनाउन पाउँदैनन्। यस क्रममा हालै उनले इन्टरनेटमा सक्रिय हुनको लागि ब्लग साइट खोलेका थिए।

https://www.donaldjtrump.com/desk यस वेबसाइटमा ट्रम्पका भनाइहरु सार्वजनिक हुने गरेका छन्। तर उनले वेबसाइट खोलेको एक हप्ताभन्दा बढी भइसक्दा उनको ब्लगमा मानिसहरुले रुची राखेको देखिएको छैन।

उनको एक ट्विट केही मिनेटमा करोडौंले पढ्थे, लाइक गर्थे साथै उनको फेसबुक पनि त्यति नै प्रभावकारी थियो।

तर उनको ब्लग एकहप्तामा मात्र २ लाख १२ हजारले पढेको बताइएको छ। सामाजिक संजालबाट बहिष्कारमा परेका ट्रम्पप्रतिको चासो र रुची घट्दै गएको देखिएको हो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .